१ कार्तिक २०८३, आइतबार

स्थायित्व र आर्थिक सम्बृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यकताः नेता पुन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत प्रधान

लिस्बन (पोर्चुगल) ३ असोज । माओवादी केन्द्रका युवा नेता एवं पूर्वमन्त्री गणेशमान पुनले मूलुकको राजनीतिक स्थायित्व र आर्थिक सम्बृद्धिका लागि प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको आवश्यकता रहेको बताउनुभएको छ ।

युरोपका बिभिन्न मूलुकमा क्रियाशील माओवादी केन्द्र निकट संयुक्त नेपाली मोर्चाको चौथो अधिबेशनलाई राजधानी लिस्बनमा सोमबार सम्बोधन गर्दै नेता पुनले यस्तो बताउनुभएको हो । लामो समयदेखिको राजनीतिक अस्थिरता र अस्थायी सरकारका कारण बिगतमा प्राप्त भएका उपलब्धीहरु समेत सँस्थागत हुननसकेको तर्क गर्दै नेता पुनले प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको ब्यबस्था अपरिहार्य रहेको बताउनुभयो । लोकतन्त्र र गणतन्त्रको सुदृढिकरण तथा परिबर्तनहरुलाई स्थापित गर्नका लागिपनि यो ब्यबस्था जरुरी रहेको उहांको भनाई छ ।

जनआन्दोलन र सशस्त्र जनयुद्धबाट धेरै उपलब्धीहरु प्राप्त भएको उल्लेख गर्दै नेता पुनले अस्थिरताका कारण बिगतमा भएका कुनैपनि राजनितीक क्रान्तीहरु पूरा हुननसकेको बताउनुभयो । परिबर्तन तथा प्राप्त उपलब्धीहरुलाई सँस्थागत गर्दै राष्ट्र र राष्ट्रिय एकतालाई मजबुद बनाउदैं संबिधान कार्यान्वयन गर्नु नै अहिलेको मूल कार्यभार भएको उहाँको धारणा थियो । राष्ट्रियताको नाममा सिमीत बर्ग र उच्च जातीवादी प्रबृत्तिले देशलाई बिखण्डनमा लैजान सक्ने भन्दै त्यसप्रति सबै सचेत हुनुपर्नेमा उहाँको जोड थियो ।

प्रवासी नेपालीहरुले आर्जन गरेका ज्ञान, सिप, श्रम र पुँजीलाई देश बिकासमा लगाउनुपर्ने खाँचो औल्यांउदै नेता पुनले लगानीको बाताबरण बन्न नसकेकोमा दुःख ब्यक्त गर्नुभयो ।