११ मंसिर २०८३, शुक्रबार

प्रारम्भिक परिणाम हेरेपछि एमालेले भन्यो: दुई नम्बर प्रदेशमा पनि एमाले १ नम्बर पार्टी

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असोज । प्रारम्भिक चुनावी परिणाम हेरेपछि नेकपा एमालेले प्रदेश नम्बर दुईमा पनि पहिलो पार्टी बन्ने उद्घोष गरेको छ ।

लामो समयसम्म दुई नम्बर प्रदेशको चुनावी अभियानको नेतृत्व गरेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मंगलबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा प्रदेश नम्बर २ मा पनि एमाले पहिलो पार्टी बन्ने उद्घोष गर्नुभयो ।

‘प्रारम्भिक परिणामहरु हेर्दा एमाले पहिलो पार्टी बन्ने देखिएको छ ।’, काठमाडौंको टोखा नगरपालिकामा आयोजित पार्टी कार्यक्रममा एमाले महासचिव पोखरेलले भन्नुभयो – ‘प्रदेश नम्बर २ मा मात्रै होइन्, अब हुने प्रदेश र संघको चुनावमा पनि हाम्रो पार्टी पहिलो बन्छ ।’

अहिले तीव्र रुपमा राजनीतिक ध्रुवीकरण भइरहेको भन्दै महासचिव पोखरेलले सम्पूर्ण राष्ट्रप्रेमी र देशभक्तहरु एमालेको नेतृत्वमा एकजुट हुनुपर्ने पनि बताउनुभयो ।