४ कार्तिक २०८३, बुधबार

कृषिमा स्मार्ट परियोजनाको खोजी गरिदै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, ३ असोज । काभ्रेको पनौति नगरपालिकाले कृषिमा स्मार्ट योजना ल्याउने भएको छ । पुनर्संरचना पछि नवनिर्वाचित जनप्रतिनिधिहरुले स्मार्टसिटी निमार्णका लागि कार्य योजना बनाएर अगाडी बढिसकेका छन् ।

राष्ट्रिय विज्ञान दिवसका अवसरमा विज्ञान तथा प्रविधि मन्त्रालय पनौती नगरपालिका, साइटिफि रिर्सर्च सोसाइटि सिर्जनसिल समाज नेपाल लगायत संस्थाको आयोजनामा सोमबार नगरपालीका हलमा भएको एक दिने कार्यशालामा पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले काभ्रे जिल्लाको पनौती नगरपालीकामा अरबौँको कृषि उत्पादन बजारमा जाने भएकाले स्मार्ट सिटि निमार्णका लागि कृषिबाट सुरु गर्ने योजना बनाएको बताउनु भयो ।

पनौतीबाट दैनिक दुध, तरकारी, धान, मकै राजधानीमा भित्रने गर्छ, तर कतिको मुल्य के हुदै छ, भन्ने किसानलाई थाहा छैन त्यसर्थ अब स्मार्ट कृषिमा बाटै सुरु गरिने उहाँले बताउनुभयो, कृषिमा प्रविधि भित्राउँदै जाने उहाँले थप्नुभयो ।

कार्यशालामा स्मार्टसिटि विज्ञ प्रोफेसर डाक्टर मनिष पोखरेल, एसआइसिटिको महासचिव सुवास खड्का आइसिटि फर्ट एग्रीकल्चरका प्रमुख कैलाश पलाञ्चोके लगायतले स्मार्ट सिटि र चुनौतीका विषयमा आफ्नो प्रस्तुती राखेका थिए ।

वैज्ञानिक युगको विकास संगै अब देशका सबै स्थानिय तहको काम कार्वाहि मात्रै नभएर जनताले पाउने हरेक सुविधामा स्मार्ट बनाउने अभियान थालिएको साइन्टीफिक सिर्सच सोइटीका अध्यक्ष हरिवोल आचार्यले जानकारी दिनु भयो ।
कार्यशालामा पनौती नगरपालीकाका १२ वटै वडाका जनप्रतिनीधिहरुको सहभागिता रहेको थियो ।