११ मंसिर २०८३, शुक्रबार

माओवादीले खाता खोल्यो, ‘प्रचण्ड’ले जितेको क्षेत्रमा यस्तो देखियो एमाले

19.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, ३ असोज । दुई नम्बर प्रदेशको पहिलो वडा अध्यक्षमा माओवादी केन्द्रले खाता खोलेको छ ।

सिरहाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा माओवादी केन्द्रका मोहन केसीको प्यानल नै विजयी भएको हो । केसीले ३ सय ४२ मत पाएका छन् ।

कर्जन्हा नगरपालिका साविकको सिरहा क्षेत्र नम्बर पाँचमा पर्छ । यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोश्रो संविधानसभामा विजयी भएका थिए । यो वडामा मेयरमा भने एमालेले चार मतले अग्रता लिएको छ ।