११ मंसिर २०८३, शुक्रबार

प्रारम्भीक नतिजामा कांग्रेस अगाडि, एमालेले पछ्याउँदै

14.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । दुई नं. प्रदेशको प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले अधिकांश स्थानमा प्रारम्भीक अग्रता लिएको छ ।

कांग्रेसलाई एमाले, माओवादी केन्द्र, राजपा, फोरम नेपाल, र संघीय फोरमले पछ्याइरहेका छन् ।

बाराको फेटा र बारागढी गाउँपालिकामा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । बाराकै देवतालमा माओवादी केन्द्र अगाडि छ ।

कांग्रेस सिरहाको कल्याणपुर र महोत्तरीको बर्दिबासमा अगाडि देखिएको छ । बर्दिबासमा माओवादी केन्द्रले कांग्रेसलाई पछ्याईरहेको छ । कल्याणपुरमा भने राजपाका उम्मेद्वारले पछ्याइरहेका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकामा एमालले अग्रता लिएको छ ।

बाराको देवतालसँगै धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा भने माओवादी केन्द्र अगाडि देखिएको छ ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा फोरम नेपाल अगाडि छ । सप्तरीको तिलाठीमा राजपा नेपालका उम्मेद्वार अगाडि देखिएका छन् ।

रौतहटको गौर र सिरहाको लाहानमा पनि मतगणना जारी छ ।

वीरगञ्ज महानगरमा मतगणना केहिबेरमा सुरु हुदैँछ । जनकपुर, कलैया र जितपुर सिमरा उपमहानगरपालिकामा पनि बिहान ८ बजेबाट गणना सुरु गर्ने तयारी भैरहेको छ ।

सर्लाहीको लालबन्दीमा भने बाढीका कारण मतपेटिका संकलन हुन सकेको छैन ।

सप्तरीको राजविराजमा मतगणना पाँच गतेपछि मात्र हुनेछ । त्यहाँ वडा नं १५ मा ५ गते निर्वाचन छ ।