
कतार । गैरआवासीय नेपाली संघ (एनआरएन)को गल्फ संयोजकमा कतारका सफल व्यावसायी आरके शर्माले उम्मेदवारी दिने भएका छन् ।
दुई सातापछि काठमाडौँमा हुन लागेको विश्व सम्मेलनमा आफूले गल्फ संयोजक पदमा उम्मेदवारी दिन लागेको शर्माले दैनिक नेपाललाई जानकारी दिए । शर्मा कतारका सफल व्यावसायी र एनआरएनका अभियन्ता मानिन्छन् ।
कतारमा एनआरएनको संस्थागत विकास र नेपालीहरुको हकहितका लागि थुप्रै काम गरेका शर्मा अहिले एनआरएनका आइसीसी सदस्य पनि हुन् । मध्यपूर्वमा रहेका नेपाली श्रमिकका साथै बिभिन्न पेशा व्यवसायमा रहेका नेपालीहरुको हकहितको पैरवी गर्नुका साथै नेपालीका लागि नयाँ-नयाँ अवसरको वातावरण सिर्जना गर्न आफूले एनआरएनको गल्फ संयोजकमा उम्मेदवारी दिन लागेको उनले बताए ।
आफ्नो उम्मेदवारीका विषयमा गल्फमा रहेका नेपाली अगुवाहरुसँग निरन्तर छलफल भइरहेको जानकारी दिँदै शर्माले उनीहरुकै आग्रहमा आफू अगाडि बढेको जानकारी दिए । ‘गल्फ संयोजकको उम्मेदवार बन्ने विषयमा मैले गल्फमा रहेका नेपाली अगुवा, एनआरएन अभियन्ता, श्रमिक संघसंगठन तथा अन्य सामाजिक संघसंस्थासँग औपचारिक र अनौपचारिक रुपमा छलफल गरिरहेको छ । जुन निकै सकारात्मक रहेको छ ।’, शर्माले दैनिक नेपालसँग भने, ‘गल्फ संयोजकको जिम्मेवारी सँगै नेपाली दाजुभाईको हितमा अझै धेरै काम गर्ने मेरो चाहना छ ।’















प्रतिक्रिया