१ कार्तिक २०८३, आइतबार

एनआरएनको महासचिवमा अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएन)को आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा अर्जुनकुमार श्रेष्ठले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।

संघको वर्तमान सचिव समेत रहेका श्रेष्ठले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दुई सातापछि काठमाडौँमा हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । एनआरएनको स्थापनाकालदेखि अनवरत रुपमा सक्रिय श्रेष्ठ युरोपमा सफल नेपाली व्यवसायी मानिन्छन् । उनले नेपालमा पनि आफ्नो व्यवसायलाई विस्तार गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका आम नेपालीको आशा र भरोसाको केन्द्र रहेको एनआरएनएलाई अझै उचाईमा पुर्‍याउन धेरै काम गर्न सम्भव छ र सकिन्छ पनि । श्रेष्ठले भनेका छन्, एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा १४–१७ अक्टूबर मा हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको छु । संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियानमा तपाईंहरुको साथ सहयोग र सदिक्षा रहने अपेक्षा गर्दछु ।

यस्तो छ विज्ञप्ति (जस्ताको तस्तै)

गैरआवासीय नेपाली संघका अग्रज, गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु,

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको डेढ दशक पुग्न लागेको छ । विदेशिएका नेपालीलाई संगठित गर्दै अभियानकोरुपमा स्थापित भएको एनआरएनएले हाल ७७ देशमा सांगठनिक उपस्थिति जनाएको छ ।

आठौं अधिवेशनको संघारमा रहँदै गर्दा म गैरआवासीय नेपाली अभियानका अभियन्ताहरुलाई स्मरण गर्न चाहन्छु । उहाँहरुको सृजनशील प्रयासले एनआरएनए अभियान मातृभूमि नेपालको सामाजिक अंग बनेको छ ।
नेपालमा लगानीहरु थप्दै जाने, परोपकारी कार्य गर्ने, विदेशमा सिकेको ज्ञान, सीप र धनलाई मातृभूमिमा खर्च गर्न एनआरएनए एउटा फोरमको स्थापित भएको छ । डेढ दशक लामो अभियानले आरोह अवरोह पार गरेको छ । तर, अझै पनि एनआरएनए अभियानका आशालाई पूरा गर्न धेरै कार्यभार र जिम्मेवारी हामीसँग रहेका छन् ।

गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु,

स्वदेश तथा विदेशमा रहेका आम नेपालीको आशा र भरोसाको केन्द्र रहेको एनआरएनएलाई अझै उचाईमा पुर्‍याउन धेरै काम गर्न सम्भव छ र सकिन्छ पनि । एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा १४–१७ अक्टूबर मा हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको छु ।

संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियानमा तपाईंहरुको साथ सहयोग र सदिक्षा रहने अपेक्षा गर्दछु ।

अर्जुनकुमार श्रेष्ठ
महासचिव पदको उम्मेदवार
हालः सचिव
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्
मितिः १८ सेप्टेम्बर, २०१७