२ कार्तिक २०८३, सोमबार

माओवादीले रौतहटमा दोहार्यायो भरतपुर काण्डः एमालेले प्रतिकार गर्दा झडप, गोली नै चल्यो

86.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोट हाल्न लाइनमा बसेका मतदाताहरु

रौतहट, २ असोज । प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा नेकपा माओवादी केन्द्रले बुथ कब्जा गर्ने प्रयास गरेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटको मौलापुर नगरपालिका ३ स्थित गम्हरीया प्राविमा रहेको मतदान केन्द्रमा माओवादी कार्यकर्ताले बुथ कब्जा गर्न खोज्दा एमाले, कांग्रेस, समाजवादी फोरमलगायत दलले प्रतिकार गरेपछि झडप समेत भएको छ ।

झडपका कारण झण्डै आधा घण्टा मतदान स्थगित भएको थियो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको छ । झडप रोक्न एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मतदान भइरहेको बेला अचानक माओवादी कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि झडप भएको बताइएको छ । झडपमा दुवै तर्फका ४ जना भन्दा बढी घाइते भएका छन् ।

सुरक्षाकर्मीले स्थिती नियन्त्रणमा लिएलगत्तै यहाँ मतदान सुरु भएको छ । अहिले शान्तिपूर्ण मतदान भइरहेका मोलापपुरका मतदान अघिकृत वीरेन्द्र कुमार केसीले जानकारी दिए ।