काठमाडौं, २ असोज । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले खड्कालाई आयल निगमको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो ।
इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमिता गरेको भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डलले प्रस्तुत गरेको प्रस्तावमा छलफल गर्दै क्याविनेट बैठक खड्कालाई हटाउने निर्णयमा पुगेको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
खड्का आयल निगमको जग्गा खरिदमा अनियमितता प्रकरणले अहिले विवादमा छन् ।
















प्रतिक्रिया