२ कार्तिक २०८३, सोमबार

चुडामणि शर्माको घर नजिकै दुई वटा सिलिण्डर बम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा सिलिण्डर बम फेला परेको छ ।

काठमाडौंको बुढानीलकण्ठमा रहेको उनको घर बाहिर बाटोमा सोमबार बिहान साढे एक बजे सिलिण्डर बम फेला परेको स्थानीयले बताएका छन् । बम विष्फोट गर्न आगो लगाएर छाडेको अवस्थामा भेटिएको थियो ।

महाराजगञ्ज प्रहरी प्रभागमा प्रहरी निरीक्षक गम्भीरजंग थापाले दुई वटा सिलिण्डरमा आगो लगाएर पड्काउन खोजिएको अवस्थामा फेला पारेको बताए ।

बम भएको स्थानमा प्रहरी बिहान करिव दुई बजे पुगेको थियो । दुई वटा सगर ग्याँसको सिलिण्डरमा ३०–३५ वटा जुटको बोराले छोपेर आगो लगाएर पड्काउन खोजिएको प्रहरी भनाइ छ ।

प्रहरी निरीक्षक थापाले चुडामणि शर्माको घरमा कुनै क्षति हुन नपाएको बताए । सिलिण्डर बम कसले पडकाउन खोजेको खुल्न सकेको छैन ।