१ कार्तिक २०८३, आइतबार

भर्जिनियामा नेपालको झन्डा फहरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । गत सेप्टेम्बर १६ तारिख अमेरिकाको भर्जिनियाको मनासस शहर नजिक रहेको हेमार्केट शहरमा भएको “हे मार्केट दिवस २०१७”मा नेपाली समुदाय उल्लेख्य सहभागी भएका छन् ।

कार्यक्रममा नेपाली झण्डा फहराइएको थियो । भर्जिनियाको मनाससमा स्थापित अमेरिका नेपाल सहयोगी समाजले सक्रिय रुपमा सहभागिता जनाउदै वरपरका समुदायलाई समेत परिचालन गरेको थियो ।

यस पटकको झाँकी प्रदर्शनमा अमेरिका नेपाल सहयोगी समाजले नेपालको पहिचान झल्काउने भेषभुषा तथा पहिरन नलगाई संस्थाको आफ्नै नाम लेखेको सेतो कमिज लगाएर उपस्थिति जनाए ।

कार्यक्रममा अमेरिकामा जन्मेका तथा दोश्रो पुस्ताका अमेरिका नेपाल सहयोगी समाजको युवायुवतीहरूको पनि त्यतिकै रुपमा सक्रिय सहभागिता रहेको थियो ।