बाल्टिमोर । गैर आवासीय नेपाली संघ (एनआरएन अमेरिका)को नवनिर्वाचित राष्ट्रिय समन्वय समितिका पदाधिकारीहरूको सपथ ग्रहण सम्पन्न भएको छ ।
यसको साथै अमेरिका भर रहेका अन्य राज्यमा खुलेका शाखाहरुका पदाधिकारी र समितिका निर्देशकहरुलाई प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बन्दिता शर्मा दाहालले शपथ दिलाएकी हुन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले लगायत अन्य पदाधिकारी, राजदूत अर्जुनकुमार कार्की तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
एनआरएन अमेरिकाको अध्यक्षमा दोश्रो पटक डा.केशब पौडेल निर्वाचित भएका छन् ।
कार्यक्रम संचालन गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष सुनिल शाह, क्षेत्रीय उपाध्यक्षहरूमा जेदु पोख्रेल, राधा पौडेल, रामकुमार सुबेदी, उमा कार्की थापा, महासचिब बाबुराम लामा, सचिब होमनाथ गौतम, महिला संयोजक इन्दिरा त्रिपाठी, कार्यकारी समिति सदस्यहरू अमृत कट्टेल, आङ्ग ग्याल्जेन, अरुण बन्जाडे, बिन्दु सापकोटा, दीव्या केसी, गोपेंद्र भट्टराई, कृष्ण लामिछाने, प्रिती सगर खत्री, संजय थापा, तृष्णा शर्मा र बिष्णुबहादुर शाहले शपथ लिएका हुन् ।
















प्रतिक्रिया