११ मंसिर २०८३, शुक्रबार

जापानले फर्काएका काँग्रेस नेता पौडेल काठमाडौँ आइपुगे, त्यसै भएको हैन् पौडेलमाथि अपमान

30.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असोज । जापानको अध्यागमनले एयरपोर्टबाटै फर्काइदिएका काँग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौँ आइपुगेका छन् ।

आइतबार राति उनी काठमाडौँ अवतरण गरेका हुन् । जापानी अध्यागमनले उनलाई झण्डै २४ घण्टा नियन्त्रणमा राखेर सोधपुछ गरेको थियो । तर, उनीलाई जापानको भिसा स्पोन्सर गर्ने व्यक्ति उपस्थित हुन नसकेपछि अध्यायमनले पौडेललाई एयरपोर्टबाटै फिर्ता पठाएको बताइएको छ । पौडेल काँग्रेसको प्रवास संगठन जनसम्पर्क समिति जापानको कार्यक्रममा भाग लिन टोकियो पुगेका थिए । पौडेलसँगै गएका सांसद एवं केन्द्रीय सदस्य धनराज गुरुङलाई भने अध्यागमनले जापान छिर्न अनुमति दिएको थियो ।

जापानी अध्यागमनको अपमानपछि पौडेल र उनका शुभचिन्तक निराश बनेका छन् । उनी काँग्रेसको विद्यार्थी संगठन नेविसंघका पनि पूर्वअध्यक्ष हुन् । पौडेलले आफूसँग भएका घटनाका विषयमा औपचारिक रुपमै मिडियालाई जानकारी गराउने बताइएको छ ।

जापानमा रहेका एक नेपालीले दैनिक नेपाललाई दिएको जानकारी अनुसार, लाखौं रुपैंया लिएर जापानमा नेपालीहरुले नै नेपालीलाई अबैध रुपमा भित्राउने गरेका छन् । सोहीकारण जापानले नेपालीमाथि कडाई गर्दै आएको छ । जापानमा रहेका बिभिन्न नेपाली नागरिकमाथि पनि जापानले निगरानी गरिरहेको छ । कतिपयलाई भने योबीचमा डिपोर्ट नै गरिसकेको छ ।

‘नेपाली शरणार्थीको संख्या पनि बढिरहेकाले जापानी अध्यागमन नेपालीप्रति अनुदार बनेको छ । काँग्रेस युवा नेता पौडेल त्यसैको शिकार भएका हुन्। पछिल्लोपटक नेपालमा पुगेका कयौं नेपालीहरु पौडेल जसरी नै फर्कनुपरेको छ ।’, ती नेपालीले भने -‘काँग्रेसको जनसम्पर्क समितिले बिभिन्न कारण देखाए पनि खासगरि नेपालीहरुले जापानमा चलाएको अबैध धन्दाका कारण नै नेपालीमाथि जापानले हेर्ने दृष्टिकोण बदलिनु मुख्य कारण हो ।’

नेपालीहरुको छवि धमिलो भएकै कारण प्रधानमन्त्री शेरबहादुर देउवा र जापानस्थित नेपाली दूतावासले अनुरोध गर्दा समेत जापानी अध्यागमनले टेरेन ।