२ कार्तिक २०८३, सोमबार

निधिको गाउँमा आतंक, एमाले समर्थक ५७ जना युवा यसरी भए बेपत्ता

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १ असोज । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा उनको नगरपालिकामा प्रहरीले आतंक मच्चाएको छ ।

प्रहरीले एमालेका युवाहरुलाई छानी छानी धरपकड सुरु गरेपछि ५७ जना युवाहरु बेपत्ता भएका छन् । निधिको घर भएको नगराईन नगरपालिकामा एमाले स्थानीय कार्यकर्ता सञ्जित मण्डललाई प्रहरीले पक्राउ गरी बेपत्ता बनाएको छ भने अन्य युवाहरुले असुरक्षित महसुस गरी गाउँ छाडेका छन् । सञ्जितको खोजीमा एमाले नेता रघुबीर महासेठ सक्रिय भएका छन् ।

नगराईन नगरपालिकामा कांग्रेसले परमेश्वर यादवलाई मेयरको उम्मेदवार बनाएको छ । एमालेले नगराइनमा रामबाबु साहलाई मेयर र राधिका यादवलाई उपमेयरमा उम्मेदवार बनाएको छ ।

निधिको गाउँ अकौडामा सुरक्षाकर्मी समेतको उपस्थितिमा शनिवार बेलुकी काँग्रेस उम्मेदवार यादवले बोलाएको बैठकमा एमालेसँग नै मुख्य प्रतिस्पर्धा हुने निष्कर्ष निस्केको थियो ।

एमालेलाई जसरी पनि हराउने योजना अनुरुप अकौडा क्षेत्रका एमाले समर्थक मतदाताहरुलाई आइतबार बिहानैदेखि घर छोड्न वा असोज २ गते साँझ ५ बजे अघि घरबाट बाहिर निस्किन नदिन प्रहरी परिचालन गर्ने योजना बनाएको थियो । सोही बमोजम प्रहरीले एमाले समर्थकलाई आइतबार बिहानैबाट घर छाड्न वा मतदान नसकिएसम्म घरबाट ननिस्कन उर्दी जारी गरेका थिए । प्रहरीले नै दुःख दिन थालेपछि ५७ जना भन्दा बढी एमाले समर्थक युवाले गाउँ छोडेका छन् ।

एमाले मधेश विरोधी भएकाले एमोलाई भोट दिनेजति सबैलाई सोमबार बेलुकीसम्म घरबाट ननिस्कन उर्दी जारी गरिएको काँग्रेसका एक नगरस्तरीय नेताले स्वीकार गरे । कांग्रेस नेता प्रभात रायले भने – ‘घर छोडेर जानु भन्दा पनि मतदान नसकेसम्म घरबाट बाहिर ननिस्कनु र मतदान गर्न नजानु भनिएको हो ।

पूर्वगृहमन्त्री निधि आफ्नो नगरपालिका जिताउन निकै मेहनत गरिरहेका छन् । उनले प्रहरी प्रशासनलाई अनावश्यक दबाब दिँदै दुरुपयोग गरिरहेको अन्य पार्टीका कार्यकर्ताहरुको आरोप छ । स्वयम् प्रहरी पनि उनको हर्कतबाट आजित भएको छ ।