२ कार्तिक २०८३, सोमबार

राजपाका नेता लक्ष्मणलाल कर्णमाथि कारवाही! उम्मेदवार पनि फन्दामा

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असोज । निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचार गरेकोमा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण र सो दलका जगरनाथपुर गाउँपालिका–६ का वडाध्यक्ष पदका उम्मेवार धुरन्दर साहसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

उहाँहरुले १५० नेता कार्यकर्तासहित पर्साको जगरनाथपुरमा मत माग्दै हिँडेको आयोगमा सूचना प्राप्त भएपछि २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । रासस