२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति भण्डारीलाई ट्रम्पले ह्वाइट हाउसबाट पठाए विशेष सन्देश !

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाएका छन् । नेपालमा परेको संविधान दिवसका अवसरमा ट्रम्पले बधाई तथा शुभकामना सन्देश पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालमा असोज ३ गतेलाई संविधान दिवसका रुपमा मनाइन्छ ।

‘यो दिन तपाईँको देशका लागि एक महान दिन हो। संयुक्त राज्य अमेरिकाका नागरिकहरु तपाईँहरुको लोकतान्त्रिक यस उत्सवलाई स्वागत गर्न चाहन्छन्,’ ट्रम्पले आफ्नो शुभकामना सन्देशमा भनेका छन्– ‘भूकम्प पछिको पुर्ननिर्माणले तिव्रता पाएको छ भने लाखौँ नेपाली नागरिकको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको छ । तपाईँहरुको अर्थतन्त्रमा उल्लेखनीय सुधार आएको छ ।’

नेपालले संबिधान दिवस मनाउन थालेयता महत्वपूर्ण प्रगति हासिल गरेको अमेरिकी राष्ट्रपतिको बुझाई छ ।

साथै ट्रम्पले २० बर्षपछि नेपालमा स्थानीय चुनाव सम्पन्न हुनुलाई लोकतान्त्रिक सरकारको सबैभन्दा महत्वपूर्ण उपलब्धी समेत भनेका छन् । शान्ति र समृद्धिको दिशामा नेपालको जारी प्रगतिप्रतिको आफूहरुको सहयोग कायमै रहने प्रतिबद्दता ट्रम्पले जनाएका छन् ।