१ कार्तिक २०८३, आइतबार

माओवादी नेता पुन पोर्चुगलमा, संयुक्त नेपाली मोर्चा युरोपको तेस्रो अधिबेशन हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत प्रधान

लिस्बन (पोर्चुगल) १७, सेप्टेम्बर । माओवादी केन्द्रका युवा नेता एवं पूर्व मन्त्री गणेशमान पुन शनिबार युरोपेली मूलुक पोर्चुगल आईपूगेका छन् ।

युरोपका बिभिन्न मूलुकमा क्रियाशील माओवादी निकट नेपाली जनप्रगतिशील मञ्चको युरोप स्तरीय बृहत् भेला तथा संयुक्त नेपाली मोर्चाको तेश्रो अधिबेशनलाई सम्बोधन गर्न नेता पुन पोर्चुगल आएका हुन् । मोर्चाको बृहत् भेला तथा तेश्रो अधिबेशन आजआईतबार हुदैछ । युवा नेता पुनलाई लिस्बन स्थित अन्र्तराष्ट्रिय बिमानस्थलमा स्वागत गरिएको थियो । नेता पुन ३ दिनसम्म पोर्चुगल रहने बताईएको छ ।
पार्टीको भेला तथा यहां क्रियाशिल अन्य नेपाली संघ संस्थाद्धारा आयोजित कार्यक्रममा समेत नेता पुन सहभागी हुने कार्यक्रम रहेको नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलका उपाध्यक्ष डोलराज भण्डारीले जानकारी दिए ।

मोर्चाको भेलामा नेता पुन सहित युरोप ईन्चार्ज सुरेन्द्र भुषालको पनि उपस्थिती रहनेछ । भने युरोपका माओवादी नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सभागीता रहने मञ्चले जनाएको छ । अधिबेशनले आगामी दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । साथै भेलाले भाबि कार्यदिशा समेत तय गर्ने बताईएको छ । भेलामा युरोपका १७ देशमा क्रियाशील पार्टीका प्रतिनिधी तथा पर्यबेक्षक गरि झण्डै ६० बढीको सहभागीता रहने भण्डारीले बताए । भेला तथा अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।