काठमाडौं, १ असोज । नेपालीहरूको महान चाडपर्व बडादसैं र शुभ दीपावलीको अवसर पारेर एप्पल वर्ल्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षितगरि ‘अफरभित्र पनि मेगा अफर’को योजना ल्याएको छ ।
काठमाडौंको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वर्ल्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो । मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्का समेत पाउन सक्नेछन् ।
मोबाइलका मोडल हेरि ६० प्रतिशतसम्म छुट पाइने एप्पल वर्ल्डमा बम्पर उपहार स्वरुप एक जनाले ‘आरवान फाइभ बाइक’, एकजनाले ‘आइफोन ८’ र एक जनाले ‘मलेसिया र सिंगापुरको टुर’ लक्की ड्र मार्फत पाउने छन् । एप्पल वर्ल्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइलमर्मत’को सुविधासमेत ग्राहकले पाउनेछन् । हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्ट लगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने एप्पल वर्ल्ड मोबाइलका म्यानेजर निराजन मल्ल ठकुरीले बताए ।
लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वर्ल्डले टच एन्ड फिलको सुविधासहित विश्वबजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको छ ।















प्रतिक्रिया