
धनुषा, १ असोज । स्थानीय तहको चुनाव आउन एक दिन बाँकी रहँदा शनिबार राति धनुषामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा केही कार्यकर्ता घाइते भएका छन् ।
नगराइन नगरपालिकामा नेपाली काँग्रेसले नगरका मेयर पदका उम्मेदवार परमेश्वर यादवको अकौरास्थित घरमा राति १२ बजे सांघातिक आक्रमण भएको जनाएको छ । आक्रमणका क्रममा दुबै पक्षका कार्यकर्ताबीच झडप भएको बताइएको छ ।
यस्तै, एमाले कार्यकर्ताहरुले काँग्रेस समर्थक राजेन्द्र यादवको घरमा समेत ढुंगामुढा गरेको आरोप कांग्रेसको छ । यसक्रममा स्थानीय देवेन्द्र यादव, विनोद यादव, रामगुलाम यादव, पुकारी देवी यादव, राजन यादव, लगायतका व्यक्तिहरु घाइते भएको कांग्रेसको आरोप छ ।
यता नेकपा एमालेले कांग्रेसले राज्य आतंक मच्चाएको आरोप लगाएको छ । कांग्रेस नेता विमलेन्द्र निधिको प्रत्यक्ष संलग्नतामा एमाले कार्यकर्तालाई घर घरमा पुगेर धम्क्याइएको र आक्रमण गरिएको एमाले केन्द्रीय सदस्य रघुवीर महासेठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनले अनगराई नगरपालिकाका ७० भन्दा बढी एमाले कार्यकर्ता विस्थापित भएको उल्लेख गरेका छन् ।











प्रतिक्रिया