बाल्टिमोर । गैर आवासीय नेपाल संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको छैठो वार्षिक साधारण सभा सुरु भएको छ ।
प्रमुख अतिथिका रुपमा नेपाली राजदूत डा अर्जुनकुमार कार्की थिए । एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष शेष घले उपस्थित जनाए ।
पानसमा बत्ति बालेर कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय गीत तथा अमेरिकन गीत बजाई सम्मान गरिएको थियो ।
कार्यक्रममा डीसी महानगर क्षेत्र तथा अन्य क्षेत्रबाट आएका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरूले मन्तब्य राखेका थिए ।
एनएनएनए अन्तर राष्ट्रिय अध्यक्ष शेष घलेले मनतब्य राख्दै अमेरिकाको नयाँ कार्यकारी समितिलाई बधाई दिए ।
घलेले मन्तब्य कै क्रममा एनआरएनए आफूले राष्ट्र संघ जस्तो देख्न चाहेको बताए । आफ्नो कार्यकाल ३० दिन मात्र बाँकी रहेको भन्दै बिश्वका सम्पूर्ण एनआरएनएहरुले गरेको विश्वासप्रति धन्यावाद दिए ।
















प्रतिक्रिया