कतार । बिश्वकर्मा समाज कतारको तेस्रोे बिश्वकर्मा पूजा तथा साँस्कृतीक कार्यक्रम सम्पन्न भएको छ ।
बिश्वकर्मा समाज कतारको हरेक वर्ष गरिँदै आएको बिश्वकर्मा पूजा तथा साँस्कृृतिक कार्यक्रम यस वर्ष पनि हर्ष उल्लास र बिभिन्न प्रस्तुतिहरुका साथ भब्य सम्पन्न भएको छ ।
कतारस्थित डल्ला ड्राईभिङ स्कुलको सभाहलमा भएको कार्यक्रमलाई नेपाली नियोग कतारका प्रथम सचिव नितेश सापकोटाले प्रमुख आतिथ्यता जनाएका थिए ।
उक्त समारोहलाई बिश्वकर्मा समाज कतारका कार्यबाहक अध्यक्ष गमबहादुर सुनारले सभापतित्व गरेका थिए ।
कार्यक्रममा बिभिन्न बिश्वकर्मा कला र सँस्कृति झल्कने खालका कलात्मक दृष्यहरुका साथ सञ्चालन भएको थियो ।
कतारमा रहेर कर्म गरिरहेका स्थानीय कलाकारहरुको प्रस्तुतिसँगै नेपालबाट आमन्त्रित राष्ट्रिय लोकदोहोरी गायकहरु सुजन बराइली र राजन भुजेल प्रमुख आकर्षण रहेका थिए ।















प्रतिक्रिया