२ कार्तिक २०८३, सोमबार

भरतपुरमा कांग्रेस-माओवादी गठबन्धनसँग एमालेले लियो बदला! कार्यपालिका बोर्डमा ल्यायो बहुमत

77.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ३० भदौ । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिका बोर्डमा नेकपा एमालेले बहुमत हात पारेको छ ।

नगरसभाको शुक्रबार सम्पन्न निर्वाचनमा सत्तारुढ कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै एमालेले बहुमत हासिल गरेको हो । बोर्डमा एमालेका तर्फबाट २० निर्वाचित भएका छन् ।

मेयर उपमेयर जितेको कांग्रेस–माओवादी गठबन्धनबाट (मेयर उपमेयरसहित) १९ विजयी भएका छन् ।

यसअघि मतपत्र च्यातिदा समेत भरतपुरमा कांग्रेस–माओवादी गठबन्धनले सत्ताको आडमा न्यायालय निर्वाचन आयोगसँग सेटिङ मिलाएर प्रचण्डपुत्री रेणु दाहाललाई मेयर बनाइछाडेको थियो । तर, बोर्डमा एमालेले स्पष्ट बहुमत ल्याएर सत्तारुढ गठबन्धनलाई चक्का दिएको एमालेका तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीले प्रतिक्रिया जनाएका छन् ।

स्थानीय तहको चुनावमा जालझेल गरी हराएको एमालेले कार्यपालिका बोर्डमा बहुमत ल्याएपछि भरतपुरकी मेयर रेणु दाहाल र चितवनबाट चुनाव लड्ने भनेर भर्खरै घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अब अप्ठेरो सिर्जना भएको छ ।

कुन पार्टीबाट को को निर्वाचित भए ?

तीन जना दलित अल्पसंख्यकमा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् । एमालेबाट उम्मेदवार भएका चक्र रुचाल, टेकलाल विक सुनार र मनबहादुर विक विजयी भएका हुन् ।

त्यस्तै, पाँच जना महिला सदस्यको निर्वाचन भएकोमा एमालेबाट तीन र काँग्रेसबाट दुई जना विजयी भएका छन् । नगर कार्यपालिकाको महिला सदस्यमा एमालेबाट धनकुमारी विश्वकर्मा, पार्वती विश्वकर्मा र विना गुरुङ विजयी भएका छन् । त्यस्तै नेपाली काँग्रेसबाट गीता कुमारी शर्मा र पवित्रा केसी विजयी भएका छन् ।

३९ सदस्यीय नगर कार्यपालिकामा एमालेका तर्फबाट २० जना र काँग्रेस माओवादी गठबन्धनबाट १९ जना मात्रै भएका छन् । नगर कार्यपालिकामा मेयर, उपमेयर पदेन रहनेछन् भने कार्यपालिका सदस्यमा २९ जना वडा अध्यक्ष, दलित तथा अल्पसंख्यकबाट तीन जना र निर्वाचित महिला सदस्यबाट पाँच जना गरि ३९ जनाको नगर कार्यपालिका बनेको छ ।

नगर कार्यपालिकाको निर्वाचनमा भरतपुरको १४७ जना जनप्रतिनिधिले मतदान गरेको चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।