१० मंसिर २०८३, बिहिबार

चन्द्रनिगाहपुरमा एमालेको पक्षमा देखियो जनसागर, केपी ओली नै चकित (तस्बिरसहित)

22.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रनिगाहपुर, ३० भदौ । मौन अवधि सुरु केही घण्टा अगाडि रौतहटको चन्द्रनिगाहपुरमा भएको एमालेको चुनावी सभामा हज्जारौँ समर्थकहरूको उपस्थिति रहेको छ ।

चुनावी सभालाई एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गरेका छन् । सभालाई एमालेका अन्य शीर्ष नेताहरूले पनि सम्बोधन गरेका छन् ।

सभामा आएका हज्जारौँ समर्थक देखेर ओलीले २ नं. प्रदेशमा पनि एमालेलाई कसैले पनि पहिलो पार्टी बन्नबाट रोक्न नसक्ने स्थानीय नेताहरूलाई बताएका छन् ।

अध्यक्ष ओलीले स्थानीय तहमा एमालेबाट उम्मेदवार बनेकाहरूका पक्षमा मतदान गर्न आग्रह समेत गरेका छन् ।