४ कार्तिक २०८३, बुधबार

बिर्तामोडमा टाटा मोटर्स कार मेला सुरु, निःशुल्क मनोरञ्जन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, ३० भदौ । झापाको बिर्तामोडमा पहिलो पटक आज शुक्रबारबाट टाटा मोटर्स कार मेला शुरु भएको छ ।

बिर्तामोडस्थित हवी स्वीमिङ पुलमा टाटा मोटर्स कार मेलाको उद्घाटन प्रमुख अतिथि सांसद सुधिरकुमार शिवाकोटीले गरेका छन् । सोही अवसरमा सांसद शिवाकोटी र बिर्तामोडका मेयर धु्रवकुमार शिवाकोटीले टाटा टिगोर कार सार्वजनिक (लञ्चिङ) गरे ।

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सीप्रदी टे«डिङ प्रालि र आधिकारिक डिलर अलास्का अटो मोवाइल्सको संयुक्त आयोजनामा सुरु भएको उक्त मेला दुई दिनसम्म सञ्चालन हुनेछ । मेला भदौ ३१ गते साझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

नेपालका विभिन्न स्थानमा वार्षिक रुपले आयोजना गरिँदै आएको उक्त मेला बिर्तामोडमा भने पहिलोपटक भएको जनाइएको छ ।

अलास्का अटो मोवाइल्सका प्रवन्ध निर्देशक प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको समारोहमा सांसद शिवाकोटी, मेयर ध्रुवकुमार, नेपाल उदोग वाणिज्य महासंघका सदस्य उमेश डालमियाले शुभकामना व्यक्त गरेका थिए । सिप्रद्धिका डिलर डेभलपमेन्ट मेनेजर गोविन्द घिमिरेले मेचीमै पहिलो पटक बिर्तामोडमा सार्वजनिक गरिएको टाटा टिगोर कारका विशेषताबारे जानकारी गराएका थिए । अलास्काका कर्पोरेट मेनेजर सञ्जीव ओलीले स्वागतसहित टाटा कार मेलाको उद्देश्यमाथि प्रष्ट्याएका थिए ।

टाटा कार मेलाको मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, अन द स्पट फाइनान्स सुविधा, पुराना गाडीहरुको उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्स लोयल्टी बोनस, निशुःल्क स्विमिङ्ग पुल, रेन डान्स, फेस पेन्टिङ्ग, नेल आर्ट, बी–बोईङ्ग, हिपहप फोटोसुट लगायत विभिन्न सांगीतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु भइरहेका छन् । सांगीतिक कार्यक्रमको सञ्चालन रेडियो सनराइजकी अमी विष्टले गरेकी छिन् ।

विशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्णलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

टाटा टिगोर कार चारवटा मोडल र छ वटा कलरमा उपलब्ध रहेको बताइएको छ । मेलामा जुनसुकै कम्पनीका कार ल्याएर पनि टाटाका कार लैजान सकिने बताइएको छ ।

मेलामा एक हजार बढीले अवलोकन र सेवा लिने बताएएको छ । टाटा टिगोर कार नेपाल भित्रिएको छोटो अवधिमै डेढ सय बढी बिक्री भइसकेको बताइएको छ । मेचीमा भने यो कार पहिलो पटक शुक्रबारबाट बिक्री वितरण सुरु भएको छ । दुईवटा कारको अग्रिम बुकिङ भइसकेको अलास्का अटो मोवाइल्सले जनाएको छ । १२ सय सीसीको यो कार २३ लाख ४५ हजारदेखि ३१ लाख ४५ हजारसम्मको मूल्यमा उपलब्ध रहेको छ ।

कार्यक्रममा सिप्रद्धि एसोट टिमको गाडी भ्यालुएसन विशेषज्ञ ध्रुव रेग्मी, सिप्रद्धिको डिलर डेभलपमेन्ट अफिसर प्रज्ज्वल उप्रेती, सिप्रद्धिका मार्केटिङ अफिसर सुदिप पाण्डे, सिप्रद्धिका इन्जिनियर सुवास दाससहितको प्राविधिक टोलीले मेलामा अवलोकनकर्तालाई टाटा मोटर्सको सैद्धान्तिक तथा प्राविधिक पक्षबारे जानकारी दिइरहेका छन् ।