१ कार्तिक २०८३, आइतबार

गैर आवासीय नेपाली संघको अध्यक्षमा भुवन भट्टको उम्मेदवारी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष भवन भट्टले उम्मेदवारी दिने भएका छन् ।

भट्टले शनिबार राजधानीको अन्नपूर्ण होटलमा पत्रकार सम्मेलन गरी एनआरएनए र यसको अन्तर्राष्ट्रिय परिषदको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

जापानको एनसीसी सदस्यदेखि अध्यक्ष भएर अन्तर्राष्ट्रिय कोषाध्यक्ष हुँदै हाल दोस्रो कार्यकालको उपाध्यक्ष रहेका भट्ट जापान र नेपालमा सफल युवा व्यवसायी हुन् ।

व्यवसायिक समुह टिबिआईका अध्यक्ष रहेका भट्ट जापानमा रेष्टुरेन्ट तथा होटल व्यवसायको ठूलो सन्जाल छ । नेपालमा पनि भट्टको संचारमाध्यम, कलेज, होटल तथा उत्पादनमुलक उद्योगमा लगानी रहेको छ । एनआरएनएमा उनको यात्राले १४ वर्ष पूरा गरेको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय परिषदको विश्व अधिवेशन तथा साधारण सभा आगामी असोज २९ बाट काठमाडौंको सोल्टी होटलमा हुँदैछ । यहाँ हुने विश्व सम्मेलनले दुई वर्षका लागि एनआरएनएमा नयाँ नेतृत्व चयन गर्ने छ ।

यस्तै, एनआरएनएको अध्यक्षमा युरोपका प्रभावशाली व्यवसायी कुमार पन्तले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।