काठमाडौं, ३० भदौ । सामसङ इलेक्ट्रोनिक्सले महान् पर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै सामसङ, खुशीफर्की आयो योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत हरेक सामसङ टिभि तथाहोम अप्लाइन्सहरुको खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ ।
यो फेस्टिभ प्राइस अन्तर्गत २२ प्रतिशतदेखि ३३ प्रतिशतसम्मको छुटमा सामसङका एलईडी टिभि तथा १२ देखि २२ प्रतिशतसम्मको छुटमा सामसङका होम अप्लाइन्सहरू खरिद गर्न सकिनेछ ।
सामसङका निश्चित टिभिहरुमा २ वर्षको वारेन्टी सुविधापनि उपलब्ध हुनेछ । सामसङका २४ एच ४००३, ३२एफएच४००३ तथा के सिरिज र एम सिरिजका सबै एलईडी टिभीहरुमा २ वर्षको वारेन्टी सुविधा उपलब्ध हुनेछ ।
ग्राहकले टिभिको वारेन्टीलाई दर्ता गर्न सामसङको ग्राहक सेवा केन्द्रमा टोल फ्रि नम्बर १६६००१७२६६७ वा ९८०१५७२६६७ मा सम्पर्क गरी टिभिको मोडेल नम्बर, खरिद मिति र बिलनम्बर तथा टिभिमा भएको सिरियल नम्बर उपलब्ध गराउनु पर्नेछ ।
यो योजना हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारले प्रस्तुत गरेका हुन् । योजना २०७४ भदौं ३० गतेदेखि कात्तिक १४ गतेसम्मसामसङ इलेक्ट्रोनिक्सका आधिकारिक स्टोरहरुमा मात्र लागू हुनेछ ।















प्रतिक्रिया