बारा, २९ भदौ । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै दलले शीर्षदेखि युवा नेतासम्म मधेस उतारेका छन् । र, चुनावी सभालाई सम्बोधन गरिरहेका छन् ।
यो भीडमा शीर्ष नेतामा प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्म र युवा नेताहरुमा नेपाली कांग्रेसका गगन थापादेखि एमालेका गोकर्ण बिष्ट, योगेश भट्टराई, माओवादीका जनार्दन शर्मासम्म निर्वाचनमा होमिएका छन् ।
तर, यी सबै नेताभन्दा मधेसी जनतामाझ लोकप्रिय बनेकी छन् पूर्वसांसद एवं एमाले केन्द्रीय सदस्य शान्ता चौधरी । २ नम्वर प्रदेशको थारु बाहुल्यता भएका क्षेत्रमा एमालेले चौधरीलाई खटाएको छ । मंगलबार बारा पुगेकी शान्ता त्यहाँका जनतामाझ ‘सेलिब्रेटी’ बनेकी छन् । उनको प्रेरणादायी सम्बोधनलाई मधेसी महिलाहरुले खुबै मनपराए । त्यतिमात्रै होइन उनसँगै डान्स पनि गरे ।
यहाँ उनका अगाडी चर्चित युवा नेताहरु गगन थापा, गोकर्ण बिष्ट, योगेश भट्टराई र गृहमन्त्री जनार्दन शर्मा फिक्का परेका छन् । यहाँ शान्ताले सम्बोधन गर्नुअघि योगेश र जनार्दनले सम्बोधन गरिसकेका छन् । तर, यतिको उपस्थिती नरहेको बाराको औराहीका स्थानीय महेश यादव बताउँछन् ।
बाराको औराहीमा आयोजित चुनावी सभामा शान्ताले थारु र मधेसी महिलालाई उमेरको प्रवाह नगरी स्कुल पढ्न सुझाव दिइन् । उनले आफू यत्रो उमेरमा १० कक्षा पास गर्न गइरहेको भनेर आफ्नो संघर्षको बारेमा जानकारी दिई उनीहरुलाई पढ्न उत्प्रेरित पनि गरिन् ।

















प्रतिक्रिया