१० मंसिर २०८३, बिहिबार

बारा र रौतहटमा ‘नेकपा’को गतिविधि ह्वात्तै बढ्यो, ठाउँ–ठाउँमा मसाल जुलस र बम विष्फोट

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २९ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बारा र रौतट जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ ।

‘नेकपा’का स्थानीय एक नेताका अनुसार बुधबार राति साढे आठ बजे रौतहटको चन्द्रपुर नगरपालिकाको भोलनटारमा मसाल जुलुस निकालिएको थियो । ‘नेकपा’ले स्थानीय तहको निर्वाचन बहिष्कार गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।

‘नेकपा’ले बारा जिल्लास्थित निजगढ नगरपालिकाको थिङ्गोलमा पनि मलास जुलुस निकालेको छ ।

मसाल जुलुस प्रदर्शनका क्रममा ‘नेकपा’का नेता तथा कार्यकर्ताले सरकारविरुद्ध नारावाजी लगाउँदै स्थानीय तहको निर्वाचन बहिष्कार गर्न आग्रह गरेका थिए ।

जताततै सिलिण्डर बम विष्फोट

रौतहको भोलनटारमा अपरिचित समूहले बम विष्फोट गराएको छ । बम विष्फोट बुधबार राति ९ बजे भएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

विष्फोट भएको बम माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार शुकलाल वाईबाको घरलाई लक्षित गरे गराएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

यता, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १९ विश्रामपुरमा अपरिचित समूहले शक्तिशाली बम विष्फोट गराएको स्थानीयले बताएका छन् । विष्फोट बुधबार राति ८ बजे भएको बताइएको छ ।

बहुदरमाई नगरपालिका ६ मा पनि बुधबार राति साढे आठ बजे बम विष्फोट भएको छ । बाराको गढीमाई नगरपालिका वडा नं. ४ दैयारमा पनि शक्तिशाली बम विष्फोट भएको जनाइएको छ । माओवादी केन्द्र, कांग्रेस र निर्वाचन बुथ केन्द्रलाई निशाना बनाएर अपरिचित समूहले बम विष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बारा र रौतहट जिल्लामा भएका श्रृङखला बम विष्फोट ‘नेकपा’ले गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

यसैबीच, रौतहट प्रहरीले ‘नेकपा’का जिल्ला नेता नेत्र फुयाँललाई पक्राउको प्रयास गरेको छ । पक्राउ गर्न आएका प्रहरीलाई झुक्काएर फुयाँला भागेको स्रोतले जनाएको छ ।