वाशिंगटन डीसी । उद्योगपति विनोद चौधरीले अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिलस्थित पशुपति बुद्ध मन्दिरलाई दिएको बुद्धको प्रतिमाको प्राण प्रतिष्ठा समारोह आगामी सेप्टेम्बर १६ आइतबारका दिन गरिने भएको छ ।
प्राण प्रतिष्ठा समारोहमा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्की हुने छन् । विशिष्ट अतिथिमा चौधरीकी पत्नी सारिका चौधरी हुने छिन् ।
नयाँ वर्ष २०१७ को अवसरमा चौधरीले करिब ८ फिट लामो तथा ८ सय पाउण्ड बराबरको बुद्धको मूर्ति नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रलाई दिएका हुन् ।
















प्रतिक्रिया