काठमाडौँ, २० कात्तिक । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४९ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा ५ सय रुपैयाँ घटेर कारोबार भएको हो ।
तेजावी सुन बिहीबार ४८ हजार ८ सय ५० र चाँदी प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोबार भयो ।
अमेरिकी डलर बलियो भएसँगै सुनको मागमा कमी आउन थालेको र भाउ घट्ने क्रम सुरु भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि विगत ४ वर्षयताकै सस्तो भएको हो ।













प्रतिक्रिया