२१ कार्तिक २०८३, शनिबार

रौतहट र बारामा बम विष्फोट, बागमतीबाट एकजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

बारा, २८ भदौ । प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा बम विष्फोटनसहितका सुरक्षालाई चुनौती दिने गरेर अपरिचित समूहले गतिविधि बढाएका छन् ।

यसै क्रममा अपरिचित समूहले बारा र रौतहट जिल्लाका विभिन्न स्थानमा मंगलबार राति वम विष्फोट गराएका छन् । वम विष्फोट भए पनि त्यसको जिम्मेवारी कसैले लिएका छैनन् । यद्यपि, बम विष्फोटनका घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको आशंका गरेको छ ।

‘नेकपा’ले स्थानीय तहको निर्वाचन बहिष्कार गर्दै आएको छ । निर्वाचन विथोल्न विभिन्न कार्यक्रम गर्ने गरेको ‘नेकपा’का नेताहरूले बताउँदै आएका छन् ।

बारा जिल्लाको पर्सौनी गाउँपालिकाको बेङगासाह उच्च माध्यामक विद्यालयमा रहेको निर्वाचन बुथ केन्द्रमा मंगलबार राति अपरिचित समूहले बम विष्फोट गराएको स्थानीयले बताएका छन् । विष्फोटबाट विद्यालयमा सामान्य क्षति भएको जनाइएको छ ।

उता, रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिका वडा नं. १ पौराहीमा पनि परिचित समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट सामान्य क्षति भएको बताइएको छ ।

यसैबीच, प्रहरीले जनअधिकार अभियान नेपाल रौतहटका संयोजक होमप्रसाद गौतमलाई पक्राउ गरेको छ । मंगलबार साँझ गौतमलाई प्रहरीले चन्द्रनिगाहपुर नगरपालिकाको वडा नं. १ बागमतीबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।