काठमाडौं, २८ भदौ । एमालेका सचिव योगेश भट्टराईले तेस्रो चरणको निर्वाचनमा एमालेले नसोँचेको सिट जित्ने दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव भट्टराईले एमालेले निर्वाचनका लागि आवश्यक सबै तयारी गरेको बताए ।
‘हामी सबै नेताहरू २ नं. प्रदेशमा प्रचार प्रसारमा सक्रिय छौँ’, उनले भने, ‘हेर्दै जानुस् । एमालेले नसोँचेको सिट संख्या जितेर देखाइ दिन्छ ।’
मधेसी जनताको समर्थन एमालेप्रति रहेको बताएका सचिव भट्टराईले भने, ‘कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले एमालेलाई कुनै असर गर्दैन । एमालेका बारेमा धेरै चिन्ता गर्नु पर्दैन । राम्रो स्थिति छ ।’
एमालेका अध्यक्ष केपी ओली उम्मेदवारहरूको प्रचार प्रसारका लागि २ नं. प्रदेशमा आउँदै गरेको उनले बताए । ‘एमालेका शीर्ष नेताहरूका कारण २ नं. प्रदेशमा अर्कै उर्जा थपिएको छ’, उनले भने, ‘अध्यक्षज्यू पनि आउँदै हुनुहुन्छ । २ नं. प्रदेशका मतदाताले अध्यक्षलाई स्वागत गर्न आतुर भएर बसेका छन् ।’
संविधान संशोधनमा एमालेले सहयोग नगरेर मधेसी जनताप्रति अन्याय गरेको छ नि ? भन्ने प्रश्नको जवाफमा सचिव भट्टराईले भने, ‘संविधान संशोधन तराई मधेसका जनताले चाहेकै होइन । त्यसमा समर्थन गर्ने कुरै आउँदैन ।’
सरकारमा रहेका दलहरूले निर्वाचन आचार संहिता उल्लंघन गरेर जगत हँसाएको उनले आरोप लगाए । ‘प्रधानमन्त्री शेरबहादुर देउवा जबजब प्रधानमन्त्री बन्नु भएको छ । मुलुकका लागि अनिष्ट भएको छ’ सचिव भट्टराईले भने, ‘झण्डै ६० जनाको मन्त्रिमण्डल बनाएर के गर्न खोजिएको हो ?















प्रतिक्रिया