१० मंसिर २०८३, बिहिबार

चुनावको मुखैमा कांग्रेसले ल्याउने नतिजाबारे गगन थापाको सनसनीपूर्ण बयान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनको अन्तिम तयारी भइरहेका बेला नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी नेतृत्व नसच्चिए फेरि पनि पराजय भोग्नुपर्ने तर्क गरेका छन् ।

भर्खरै आफ्नो एक अन्तर्वार्तामा नेता थापाले पार्टीको आन्तरिक लापरवाहीले दुई चरणमा निर्वाचनमा हार ब्यहोर्नु परेको बताउँदै नेतृत्व नसच्चिई यसरी नै जाने हो भने तेस्रो चरणमा पनि हार हुने चेतावनी दिए । दुई चरणका निर्वाचनमा कांग्रेस दोस्रो स्थानमा आउनुमा प्रतिस्पर्धी बलियो हुनुभन्दा पनि तयारी नै नगरी कांग्रेस चुनावमा जानु हारको प्रमुख कारण रहेको खुलाए ।

दुई चरणमा हारले चिन्तित नेता थापाले महासमिति बैठक बोलाएर हारको समीक्षा गर्नुपर्ने माग समेत अघि सारेका छन् । ‘पहिलो चरणको चुनावको नतिजा आएपछि पार्टीले ब्यहोरेका हारका बारेमा कुनै छलफल भएन्, यसले दोस्रो चरणमा झनै घाटा भयो,’ थापाले भने– ‘अहिले पनि पार्टीभित्र कुनै छलफल भएको छैन् । तेस्रो चरणमा पनि यही हालत हुनसक्छ ।’