१० मंसिर २०८३, बिहिबार

प्रदेश र प्रतिनिधिसभा चुनावको ‘आक्रामक’ तयारीमा एमाले, यस्ता छन् स्थायी कमिटीका ४ निर्णय 

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २७ भदौ । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तयारी थालेको छ ।

सत्तारुढ कांग्रेस, माओवादी लगायत अन्य दल प्रदेश नम्बर दुईमा भइरहेको स्थानीय तहको निर्वाचनमा व्यस्त रहेका बेला एमालेले मंसिर महिनामा एकैदिन हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र बनाएको हो ।

यसक्रममा सोमबारदेखि जारी एमालेको ७९ औं स्थायी कमिटी बैठकले आगामी निर्वाचनबारे ४ वटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकपछि कार्यबाहक सचिव मिना ज्ञवालीद्वारा जारी विज्ञप्तिमा ४ निर्णयहरु यसप्रकार उल्लेख छन् ।

१) एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाहरुमा संघीय निर्वाचन क्षेत्र समन्वय कमिटी गठन नगर्ने । जिल्ला कमिटीलाई नै समन्वय कमिटीले गर्ने कामको जिम्मेवारी प्रदान गर्ने ।

२) जिल्ला, नगर र गाउँपालिका कमिटीहरु कार्यकारी कमिटी रहने हुँदा एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने व्यवस्था मिलाउने ।

३) यसअघि निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी/सदस्यहरु हाल कायम रहेको प्रतिनिधि सभा  निर्वाचन क्षेत्रीय समन्व्य कमिटीको सदस्य रहने र उक्त समन्वय कमिटीमा जिल्ला कमिटीले तोकेको जिल्ला कमिटीको सदस्य संयोजक रहने ।

४) प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी सबै निर्वाचन क्षेत्रमा गठन गर्ने । उक्त कमिटीमा त्यस निर्वाचन क्षेत्रअन्तर्गत रहेका गाउँ/नगर कमिटीका पदाधिकारीहरु सदस्य रहने । उक्त समन्वय कमिटीमा जिल्ला कमिटीले तोकेको जिल्ला कमिटीको सदस्य संयोजक रहने । (नगर भन्नाले नगर, उपमहानगर र महानगरसमेत जनाउँछ)