१० मंसिर २०८३, बिहिबार

नवराज सिलवालको मुद्दामा आज फैसला हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालको आईजीपी नियुक्तिसम्बन्धी विवादमा आज फैसला हुँदैछ ।

सिलवालले वरियताका आधारमा प्रहरी प्रमुख नियुक्तिको माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । वरियतामा सिलवाल अगाडि छन्, तर सरकारले दोस्रो नम्बरका प्रकाश अर्याललाई आईजीपी बनाएको छ । अर्यालको नियुक्ति बदर र वरियताका आधारमा नियुक्तिको माग गर्दै परेको सिलवालको रिटमा प्रधानन्यायधीशसहितको बृहद् पूर्ण इजलासले आज फैसला गर्न लागेको हो ।

प्रधानन्यायधीश गोपाल पराजुलीको नेतृत्वमा न्यायधीशहरु ओम प्रकाश मिश्र, केदार प्रसाद चालिसे, सारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी समेत गरी सात न्यायधीश सम्मिलित बृहद् पूर्ण इजलासले आज अपराह्न सिलवालको मुद्दामा फैसला सुनाउने सर्वाेच्चले जनाएको छ ।