१० मंसिर २०८३, बिहिबार

‘कुनै बेला अंग्रेजलाई सेना दिने हाम्रो देशले आज किन आफ्नै सीमा रक्षा गर्न सक्दैन् ?’

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेपाल प्रहरीका पूर्व एसएसपी एवं बसन्तराज कुँवर देश कमजोर हुनुमा राजनीतिक दल नै जिम्मेवार रहेको बताएका छन् ।

सोमबार एमाले पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै कुँवरले कुनै बेला अंग्रेजलाई सेना हाम्रो देशले आज किन आफ्नै सीमा रक्षा गर्न सक्दैन् ? भनी प्रश्न गरे ।

उनले अगाडि भनेः

कुनै बेलामा हाम्रो देशको अन्न सप्लाई गर्थ्यो । कुनै बेलामा हाम्रो देशले अंग्रेजलाई सेना दिन्थ्यो । तर आज आफ्नै सीमा रक्षा गर्न नसकेको किन होला ? तर हामी कर्मचारीहरु चुप लागेर बस्यौ । अनुशासनका लागि चुप लागेर बस्यौं ।

आज कर्मचारीसँग बढुवामा सरुवामा पैसा मागिन्छ । आज यो मुलुक १२ औं शताब्दीमा गरिब हुनुमा, कुटनीतिक रुपमा कमजोर हुनुमा दोषी को ?

गत वर्ष देशमा नसोचेको घटना जब नाकाबन्दी भयो त्यतिबेला हामीले जिम्मेवार ठहर्याएका पार्टीले नाकाबन्दी भन्न नसकेपछि के गर्ने भन्ने भयो ? सिनेमा भिलेन कुटेको बेला हिरो आएजस्तै एमाले फुरुङ्ग आयो, त्यसको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्नुभयो । त्यसपछि हामीले एमालेमा जाने निर्णय गर्यौं ।

एसएसपी कुँवर आबद्ध पार्टी राष्ट्रसेवक लोकतान्त्रिक पार्टी सोमबार एमालेमा विलय भएको थियो । त्यसक्रममा आयोजित समारोहमा उनले मन्तव्य दिँदै यस्तो बोलेका हुन् ।

हेर्नुस् पार्टी प्रवेश र एसएसपी कुवँर बोलेको भिडियोः