१ कार्तिक २०८३, आइतबार

एनआरएन पोर्चुगलको उपाध्यक्षमा गुरुङ, सापकोटा र बुढाथोकी बिजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत प्रधान

लिस्बन, (पोर्चुगल), २६ भदौ । गैर आवासीय नेपाली संघ पोर्चुगलको छैठौं राष्ट्रिय अधिबेशन अन्र्तगत आईतबार चार पदका लागि निर्बाचन सम्पन्न भएको छ । संघको २०१७–२०१९ कार्यकालका लागि ३ उपाध्यक्ष, १ महिला उपाध्यक्ष, १ कोषाध्यक्ष, र १ युवा संयोजकका लागि निर्बाचन भएको हो ।

सोमबार बिहान सकिएको मतगणनाको अन्तीम मत परिणाम निर्बाचन समितिले सार्वजनिक गरेको छ । निर्बाचन समितिका संयोजक अशोक घिमिरेले दिएको जानकारी अनुसार तीन उपाध्यक्षमा कमल गुरुङ, गोबिन्द प्रसाद सापकोटा र कान्छाराम बुढाथोकी निर्बाचित भएका छन् ।

सापकोटा, गुरुङ र बुढाथोकी संग चुनावी प्रतिस्पर्धामा रहेका गणेश पाण्डेय भने पराजित भएका छन् । घिमिरेका अनुसार गुरुङले ८ सय ६२, सापकोटाले ८ सय ३८ र बुढाथोकीले ७ सय ६१ मत प्राप्त गरि उपाध्यक्ष पदमा बिजयी भएका हुन् । पराजित भएका पाण्डेयले भने ५ सय ५ मत पाउन सफल भए । यस्तै महिला उपाध्यक्षमा गीता रानालाई पराजित गर्दै बिष्णु लुईटेंल बिजयी भएकी छिन् । लुईटेंलले ७ सय ४ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी रानाले ४ सय ७ मत पाएकी थिइन् ।

कोषाध्यक्षमा रमेशराज बास्तोलालाई हराउंदै कुमार तामाङ बिजयी भएका छन् । तामाङले ७ सय ३५ मत पाए भने बास्तोलाले ३ सय ७२ मत प्राप्त गरेका थिए । युवा संयोजकमा रबिन पौडेल बिजयी भएका छन् । पौडेलले उनका प्रतिद्धण्डी प्रेमछिरी शेर्पालाई हराउंदै बिजयी हुन सफल भएका हुन् । पौडेलले ८ सय १५ मत प्राप्त गरे भने शेर्पाले २ सय ९५ मत प्राप्त गरेको निर्बाचन समितिका संयोजक घिमिरेले बताए ।

यसअघि अध्यक्षसहीतका अधिकांश पदाधिकारी निर्विरोध निर्वाचित भईसकेका छन् । छैठौं राष्ट्रिय अधिबेशनका लागि उम्मेदवारी परेका पदाधिकारी सहीतका अधिकांश पदमा सहमती जुटेपछि अध्यक्ष, आईसिसी सदस्य, महासचिव, सचिव, महिला संयोजक, र कार्यसमिति सदस्यमा निर्बिरोध भएको थियो ।

संघको २०१७–२०१९ कार्यकालका लागि अध्यक्षमा गैर आवासी नेपाली संघ युगाण्डाका पूर्व अध्यक्ष समेत रहेका कुबेर कार्की सर्वसम्मत निर्बाचित भएका थिए । यस्तै महासचिवमा निराजन सुवेदी निर्बिरोध निर्बाचित भए । दई सचिवमा अगेन्द्र गुरुङ र घनश्याम सुवेदी निर्बाचित भएका थिए भने महिला संयोजकमा सिता बराल सर्वसम्मत निर्बाचित भएकी थिईन् ।

यस्तै कार्यसमिति सदस्यमा प्रमोद बाबु पोख्रेल, अञ्जान मिश्र, बम बहादुर घर्ती क्षेत्री, बिक्रम जंग कुवंर, दया ढकाल, दयासागर लामीक्षाने, दिपक बहादुर के.सी., दिपेन्द्र आचार्य, लाल बहादुर नेपाली, मिना माया खरेल, नबिन आचार्य, निर्मला ढकाल, राज कुमार मल्ल, सरला तिमिल्सिना र वकिल के.सी. निर्बाचित भएका थिए ।

संघमा कुल २३ सय ४८ पञ्जीकृत सदस्य रहेका छन् ।