१ कार्तिक २०८३, आइतबार

एन.आर.एन. साईप्रसको अध्यक्षमा मल्ल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युरोप । युरोपको साईप्रसमा रहेका नेपालीहरूको छाता संगठन गैरअवासीय नेपाली सघंको सातौ अधिवेशन सम्पन्न भएको छ ।

साईप्रस देशको राजधानी निकोसियामा सम्पन्न अधिवेशनले पुनः सुबास मल्ललाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो ।

उपाध्यक्षमा उत्सव घले, महासचिवमा अन्तेश राउत, सचिवमा तुलसा पाण्डे उपसचिवमा कविता भण्डारी र कोषाध्यक्षमा सरिता चौधरीलाई चयन गरेका छन् ।

महिला प्रतिनिधिमा शान्ति राई, युवा प्रतिनिधिमा विकास दुवाडी, महिला प्रवक्तामा नानु गोम्जा तमाङ र सदस्यहरूमा लक्ष्मी रेग्मी अधिकारी चन्द्रा राई रहेका छन् ।