२ कार्तिक २०८३, सोमबार

सगरमाथा आफ्नो भएको भन्दै रुसले गर्‍यो दाबी

10k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । प्रशान्त महासागरदेखि आर्कटिकसम्मको क्षेत्रलाई लिएर रुसको कैयौं विवादास्पद र प्रतिस्पर्धात्मक इलाकामाथि दाबी रहँदै आएको छ ।

तर, सोमबार मस्कोको कूटनीतिक शाखाले इन्टरनेटमा एउटा सबैलाई आश्चर्य चकित पार्ने गरी विश्वकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट अर्थात सगरमाथा रुसको भएको दाबी गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

बेलायतस्थित रुसी दूतावासले ट्वीटरमा नियमित पोस्ट गरिएको शुभ प्रभात अभिवादनहरूमध्येको एउटामा उक्त आशयको तस्बिर पोस्ट गरिएको छ ।

बेलायतस्थित रुसी दूतावासको उक्त मेटिइसकेको ट्वीटरमा माउन्ट एभरेस्टलाई रुसी भू–भाग बताइएको छ ।

यस ट्वीटप्रति समाजिक सञ्जालमा धेरै नै प्रतिक्रिया आएका थिए । उक्त दाबीलाई लिएर चीन र नेपालले मुद्दा उठाउन सक्नेमा धेरैले जोड दिइएको छ ।

केहीले उक्त पोस्टबाट दूतावासले ध्यानाकर्षण गर्न चाहेको आरोप लगाएका छन् । एक जनाले रुसका लागि सबैभन्दा अग्लो ककेसर पहाडी क्षेत्रमा पर्ने माउन्ट एल्ब्रुस र एभरेस्टमा प्रशासन झुक्किएको हुन सक्ने जनाएका छन् ।