२ कार्तिक २०८३, सोमबार

एआईजी चन्दले भने- अपराध अनुसन्धान भन्दापनि अपराधी जन्मनै नदिने समाज निर्माण गरौं

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २६ भदौ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दको प्रमुख आतिथ्यमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी सामुदायिक शाखा र सामुदायिक सेवा उपत्यका समन्वय परिषदको आयोजनामा सोमबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्वागत तथा सामुदायिक प्रहरी सेवाबारे अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक चन्दले आगामी दिनमा अपराध अनुसन्धान भन्दा पनि अपराधी जन्मनै नदिने समाज निर्माण गर्नुपर्ने चर्चा गर्दै प्रहरी कर्मचारीले समुदायको भावना अनुरुप कार्य गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रहरी कर्मचारीको कार्य सम्पादनको मापदण्ड नै समुदायको भावना हुने उल्लेख गर्दै जनमैत्री र बस्तीमैत्री योजना निर्माण गरेर सोही अनुरुप अगाडि बढनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा सामुदायिक प्रहरी एसिया क्षेत्रका संयोजक डा. मोहमद रमजान मियाले अन्य देशको तुलनामा नेपालका सामुदायिक सेवा केन्द्रहरु क्रियाशिल एवम् प्रभावकारी रहेको चर्चा गर्दै सामाजिक कार्यमा देशहरुबीच समन्वय गर्दा विशेष आयाम थप्न सकिने बताउनुभयो ।

सामुदायिक सेवा उपत्यका समन्वय परिषदका संयोजक सुरेन्द्र बोगटीले प्रहरीको व्यवहारमा सकारात्मक परिवर्तन आएको बताउँदै समुदाय र प्रहरी मिलेर कार्य सम्पादन गर्न सके समाजमा अपराध जन्मनै नदिने वातावरण सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो । सामुदायिक सेवा केन्द्रले ट्राफिक सचेतना, लागूपदार्थ दुव्र्यसन, महिला हिंसा, घरेलु हिंसा तथा बालश्रम शोषणका विरुद्धमा विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्दप्रसाद थापा, प्रहरी नायब महानिरीक्षकद्वय गणेश केसी तथा सर्वेन्द्र खनालले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै सामुदायिक प्रहरीको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

प्रहरी नायब उपरीक्षक सुरेन्द्र भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा उपत्यकामा सरुवा भई आएका प्रहरी अधिकृतहरुको स्वागत समेत गरिएको थियो ।