२ कार्तिक २०८३, सोमबार

पाँच दिन सार्वजनिक विदा दिने सरकारको निर्णय !

21.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । सरकारले स्थानीय तहको तेस्रो चरणको निर्वाचनका बेला निर्वाचन हुने जिल्लाहरूमा पाँच दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन हुने जिल्लाहरूमा पाँच दिने सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । असोजको २ गते २ नं. प्रदेशमा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ ।

सरकारले विदेशमा रहेका नेपाली नागरिकका नागरिकता नलिइसकेका सन्ततीहरूलाई बढीमा चार वर्षका लागि राहदानी दिने निर्णय पनि गरेको छ ।

प्रवक्ता बस्नेतका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमबन्धी विधेयकलाई संसदमा लैजाने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले अधिकार सम्पन्न बागमती सभ्यता समितिको अध्यक्षमा नरेन्द्रराज बस्नेत र प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्यलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री बस्नेतले बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका लागि दाताको संयुक्त कोषलाई दिइने अनुदानको एक अर्ब पाँच करोड रुपियाँ स्वीकार गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

मन्त्रिपरिषदले प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन जाने स्वीकृत प्रदान समेत गरेको मन्त्री बस्नेतले बताए ।