काठमाडौं, २६ भदौ । एमाले अध्यक्ष केपी ओलीले आफ्नो प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई तोकेका छन् । यसअघि स्वकीय सचिवको जिम्मेवारी हेर्दै आएका बज्राचार्यलाई प्रमुख स्वकीय सचिव बनाइएको हो ।
ओलीले संसदीय दल र विकास योजना हेर्ने गरेर स्वकीय सचिवमा अनिस दाहाललाई नियुक्त गरेको स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीको प्रेस समन्वयको जिम्मेवारी पत्रकार चेतन अधिकारीले पाएका छन् । अधिकारी प्रेस चौतारीका पूर्वकेन्द्रीय सदस्य हुन् । ओली प्रधानमन्त्री हुँदा अधिकारीले प्रेस संयोजकको भूमिका निभाएका थिए ।
एमालेका केन्द्रीय सदस्य देवराज घिमिरेलाई पार्टी अध्यक्षको तर्फबाट बिभिन्न पार्टी नेता र पार्टी कार्यालयबाट हुने कार्य सम्पादनको जिम्मेवारी दिएका छन् ।











प्रतिक्रिया