२१ कार्तिक २०८३, शनिबार

उपेन्द्र यादव भन्छन्- एमालेलाई मात्र दोष नलगाउ, कांग्रेस-माओवादी पनि उस्तै हुन्

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २६ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई मधेसको विकासका लागि ठूला दलले केही नगरेको आरोप लगाएका छन् ।

सोमबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै यादवले मधेसका लागि कांग्रेस, माओवादी र एमाले उस्तै भएको बताए । ‘एमाले मात्रै दोषी छ भन्नु सान्दर्भिक हुँदैन्, एमाले मात्रै होइन । मधेसका लागि कांग्रेस, माओवादी केन्द्रलगायत ठूला दलहरुले सिन्को पनि भाँचेका छैनन्, सबै उस्तै हुन्,’ उनले भने ।

यद्यपी संविधान संशोधनको विपक्षमा भोट हालेको एमालेसँग भोट माग्ने नैतिक आधार नभएको उनको टिप्पणी छ । संविधान संशोधन प्रस्तावको विपक्षमा भोट हालेर एमालेले गम्भीर भुल गरेको र मधेसी जनतासँग भोट माग्ने नैतिक आधार नै गुमाएको उनले तर्क गरे ।