१० मंसिर २०८३, बिहिबार

पोखरामा एकाविहानै शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

पोखरा, २६ भदौ । पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ ।
नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जमिनमा एक व्यवसायीले ठेक्कामा लिएर सटर निर्माण शुरु गरेका र त्यस ठाउँमा एका बिहानै झोलामा पोको पारेर राखिएको शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शंकास्पद वस्तुलाई निष्कृय बनाउन नेपाली सेनाको एक टोली त्यस ठाउँमा पुगेर अनुसन्धान गरिरहेको छ ।

एक महिनाअघि त्यस ठाउँमा रहेका २१७ जना व्यापारीलाई हटाएर खाली गरी अहिले ठेक्कामा लिएका ठेकेदार धमाधम नयाँ सटर बनाउँदै गरेका थिए ।