
रौतहट, २५ भदौ । रौतहटमा चुनावको मुखमा करिब एक दर्जनले नेपाली काँग्रेस छाडेका छन् ।
काँग्रेस छाड्नेमा महासमिति सदस्यदेखि नगर सभापति समेत रहेका छन् । उनीहरु काँग्रेसबाट विद्रोह गर्दै बिभिन्न पार्टीबाट उम्मेदवार बनेका छन् ।
नेपाली काँग्रेसले देवहीवुनाही नगरपालिकाका महासमिति सदस्य कौशल्यादेवी यादवले काँग्रेस छाडेका छन् । अर्का महासमिति सदस्य कपिलदेव यादवले पनि चुनावको मुखमा काँग्रेस छाडेका छन् ।
यसैगरी, गढीमाई नगरपालिकाका महासमिति सदस्य मोहम्मद अब्बुल कलाम आजाद (शेख फुलबाबु) ले पनि काँग्रेसलाई बाई बाई गरेका छन् । सोही नगरपालिकाका वडा इकाई तहमा अध्यक्ष रहेका हरिकिशोर साहले पनि काँग्रेस छाडेका छन् ।
काँग्रेस छाड्नेमा गौर नगरपालिकाको नगर सभापति रहेका अवध किशोर साह पनि रहेका छन् । गरुढा नगरपालिकामा रहेका महासमिति सदस्य इन्दुराय यादवले पनि काँग्रेस छाडेका छन् ।
कटरिया नगरपालिकाबाट प्रतिनिधित्व गर्ने काँग्रेस महाधिवेशन प्रतिनिधी राकेश गिरी, क्षेत्र नम्वर ५का क्षेत्रीय सचिव सञ्जय मिश्रा र जिल्ला सदस्य कुन्दन कुशवाहले पनि काँग्रेस छाडेका कारण पार्टीले कारबाही गरेको छ । स्थानीय तहको चुनावमा पार्टीका उम्देवारलाई असहयोग गरेका तथा अन्य पार्टीका तर्फबाट उमेद्वार बनेका करिव एक दर्जन जिल्लास्तरिय नेतालाई नेपाली काँग्रेस रौतहटले कार्वाही गरेको छ।












प्रतिक्रिया