– नरेश केसी
भैरहवा, २५ भदौ । रुपन्देही सदरमुकाम भैरहवा नेपाल भारत सीमावर्ति क्षेत्रमा पर्दछ । खुल्ला सीमाका कारण भैरहवाबाट भारतीय सीमावर्ति बजार सुनौली, नौतनवा, गोरखपुर सम्म आवतजावत गर्न सहज छ । जसको कारण यो नाकाको सदुपयोग भन्दा बढी दुरुपयोग भएकी भन्दै यस क्षेत्रका संघसंस्था र सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । सरोकारवालाहरुले नाकाको सहजताको दुरुपयोग गर्दै नेपाली किशोर तथा युवापुस्ता दुव्र्यसनिको लतमा फसेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
लायन्स क्लब ६७ जोनले आइतबार भैरहवामा आयोजना गरेको युवा, लागु पदार्थको समस्या र समाधान कसरी ? भन्ने विषयको संस्थागत भेलाका सहभागीले सिद्धार्थनगरलाई लागु औषध दुव्र्यसनि मुक्त बनाउन विशेष कदम चाल्ने पनि निश्कर्ष निकालेका छन् ।
लायन्स क्लब अफ भैरहवा, लायन्स क्लब सिद्धार्थनगर प्रोफेसनल, लायन्स क्लब सिद्धार्थनगर युथ र लायन्स क्लब रामग्राम नवलपरासी आवद्ध लायन्स क्लब ६७ जोनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा सिद्धार्थनगरका मेयर हरिप्रसाद अधिकारीले सिद्धार्थनगरपालिकालाई लागु औषध दुव्र्यसनि मुक्त नगरका रुपमा स्थापीत गर्न सबैको सहयोग आवश्यक भएको बताए । उनले भने “आवश्यक बजेट हामी व्यवस्थापन गछौं । स्वास्थ्य क्षेत्रसंग सहकार्य गरेर अगाडी बढ्न सकिन्छ । तपाईहरु जस्तो सामाजिक संघसंस्था आउनुस् हातेमालो गरेर यो नगरलाई मर्यादित, अनुशासीत र दुव्र्यसनिमुक्त नगर बनाऔं । ”
मेयर अधिकारीले कार्यक्रममा भने “२ दशक अगाडी सम्म आफुभन्दा पाको मान्छेको अगाडी कसैले पनि चुरोट पीउने हिम्मत गर्दैन्थ्यो तर अहिले मानमर्दन गर्दै कसैको वास्तै नगरी केही युवा पुृस्ता खुलेआम चुरोट रक्सी पीउछन् जसले समाजमा विकृती निम्ताएको छ । यसलाई न्यूनिकरण गर्न सचेतना जरुरी छ । ”
समाजमा नैतिक चरित्रको खडेरी परेको बताउदैं मेयर अधिकारीले जसरी पनि पैसा कमाउने आधुनिकताको नाममा हाइफाइ गर्ने संस्कारको विकासले गर्दा समाजमा विकृती देखिएको बताए । उनले हिजो सम्म नाम र प्रतिष्ठाको इज्ज्त हुने समाजमा आज पैसाको बढी इज्जत गरिने पुजिंवादी संस्कारले गर्दा यो दुव्र्यसनि झन झागिदैं गएको पनि तर्क गरे । मेयर अधिकारीले औषधी बेच्ने पसलले लागु औषधको कारोबार गरेर धेरै धन कमाउने र सोह धनको बलमा समाजमा इज्जत पाउने मोहमा लाग्दा समस्या निम्तिएको पनि बताए ।
कार्यक्रममा लायन्स क्लब ६७ जोनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लागु औषध नियन्त्रणकोलागी नागरीक स्तरको दबाब समुह बनाउनुपर्ने आवश्यक्ता औल्याए । होटल एशोसियसन सिद्धार्थनगरका अध्यक्ष समेत रहेका श्रेष्ठले पैसा कमाउन जे को पनि व्यापार गर्ने परीपाटिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । उनले लायन्सको सेवा गछौं भन्ने मुल मर्म अनुसार यस क्षेत्रका सबै संघसंस्थाको सहकार्यमा लागु औषध नियन्त्रणमा प्रभावकारी भुमिका खेल्ने बताए ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी श्यामलाल ज्ञवालीले प्रणालीको फेरबदल गर्दै सबै संघसंस्थाले हातेमालो गरेर अगाडी बढेमा सबै किसीमका अपराध नियन्त्रण र निर्मूल हुने तर्क गरे । एसपी ज्ञवालीले रुपन्देहीमा लागु औषधको तथ्यांक डरलाग्दो रहेकोले त्यसकोलागी व्यवस्थीत काउन्सेलिंग एवं चेतनामूलक कार्यक्रमको आवश्यकता भएको बताए ।
भारतीय पक्षको तर्फबाट व्यापार मण्डल सुनौलीका अध्यक्ष विजय रौनियारले सीमावर्ति क्षेत्रमा हुने लागु औषध दुव्र्यसनि र ओसार पसार रोक्न सीमावर्ति क्षेत्रका संघसंस्था र नागरीक संग दुबै देशका प्रशासनको सहकार्य जरुरी रहेको बताए । लायन्स क्लब वि टु का पुर्व गर्भनर अरुण प्रताप राणाले लागु औषध नियन्त्रणकोलागी सबैको सहभागीतामा वृहत सन्जाल निर्माण गरेर अगाडी बढ्नुपर्ने बताए । उनले जिल्लामा रहेका करिब ४५ भन्दा बढी क्लबहरुले सक्रियतापुर्वक काम गरेमा मात्रै पनि धेरै प्रभावकारी हुने बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष विजय पाण्डेले कलेज स्तरीय चेतनामूलक कार्यक्रम गर्नुपर्ने, लागु औषध दुव्र्यसनिमा परेकाकालागी अलग काउन्सेलिंग गृह बनाउन पहल गर्नुपर्ने धारणा राखे ।
पछिल्लो समय रुपन्देही जिल्ला लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएकोमा त्यसप्रति चिन्ता व्यक्त गर्दै नागरिक अगुवा विजय सागर, क्रिकेट एशोसियसनका अध्यक्ष प्रशान्त विक्रम मल्ल, नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष सिद्धार्थ अग्रवाल, लायन्स क्लब अफ होलिसीटिका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठ, रोटरी क्लब अफ लुम्बिनीको अध्यक्ष सावित्री गुरुंग र रोटरी क्लब भैरहवाका अध्यक्ष राजकुमार गुप्ता, माइति नेपाल प्रमुख प्रभा खनाल लगायत संघसंस्थाका प्रमुख तथा प्रतिनिधीले नेपाल भारत सीमावर्ति क्षेत्र बेलहिया, सिद्धार्थनगर भैरहवा मात्रै नभएर सिंगो रुपन्देहीलाई लागु औषध मुक्त बनाउन विशेष रणनीति बनाएर अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरेको लायन्स क्लब अफ भैरहको अध्यक्ष रविन्द्र शर्मा घिमिरेले जनाए ।
सो कार्यक्रमको सन्चालन लायन्स क्लब अफ सिद्धार्थनगर युथका धिरज मल्लिक र स्वागत लायन्स क्लब अफ प्रोफेसनलका अध्यक्ष अमृत थापाले गरेका थिए । सो अवसरमा रुपन्देहीमा लागु औषध दुव्र्यसनिको अवस्थाको बारेमा युनाइटेड फाउन्डेसनमा आवद्ध लागु औषध दुव्र्यसनि विरुद्धका अभियन्ता सुमन हितंगाले प्रस्तुति गरेका थिए ।
ऋहिले रुपन्देही प्रहरीको हिरासतमा ९० प्रतिशत भन्दा बढी लागु औषध दुव्र्यसनि तथा ओसार पसारमा संलग्न थुनुवा रहेका छन् । काठमाण्डौं, बाग्लुंग , पोखरा, चितवन, गुल्मी , हेटौडा सम्मका युवायुवतिहरु लागु औषध सेवन गर्न तथा खरिद गर्न भैरहवा हुदैं सीमावर्ति भारतीय बजार सुनौली नौतनवामा जाने गर्दछन् । यस्तो विकाराल अवस्थालाई न्युनिकरण गर्न यस क्षेत्रका सामाजिक संघसंस्थाले सक्रियतापुर्व चासो दिएका हुन् ।
नेपाल प्रहरीले लुम्बिनी अन्चल प्रहरी कार्यलयको मातहत प्रहरी निरीक्षकको कमाण्डमा लागु औषध नियन्त्रण ब्युरो पनि सिभीलमा सन्चालन गरेको छ । तर त्यो खासै प्रभावकारी हुन सकेको छैन । सो व्युरोमा कार्यरत कर्मचारीले दुव्र्यसनीमा फसेकाहरुसंग बार्गेनींग गर्ने एवं उनीहरुका बहुमुल्य समान समेत बेलाबेलामा लुट्ने त्यसो गर्न नपाएमात्रै पक्राउ गर्ने गरेको गुनासो आइरहेको छ ।













प्रतिक्रिया