– अमरराज पुन
रुकुम, २५ भदौ । जिल्ला अदालत रुकुममा गतआर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्धाहरु फर्स्यौट भएका छन् । अदालतले सार्वजनिक गरेको एक वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा ८० दशमलब ५८ प्रतिशत मुद्धाहरु फछ्र्यौट भएका हुन् । अदालतको न्यायिक काम प्रवाह गर्ने क्रममा वार्षिक लक्ष्य ७५ प्रतिशत रहेकोमा लक्ष्यभन्दा बढी मुद्धाहरुको फैसला गरिएको हो ।
अदालतमा दर्ता भएका विभिन्न प्रकृतिका ४ सय ४८ मुद्धाहरु मध्ये ३ सय ६१ वटा मुद्धाको फछ्र्यौट भईसकेको र ८७ मुद्धा बाँकी रहेका छन् । गत आर्थिक वर्षमा मात्र अदालतमा ३ सय ७९ मुद्धा दर्ता भएको र ६९ वटा पुराना मुद्धा सरेर आएको जिल्ला न्यायधिश डण्डपानी शर्माले बताउनुभयो । अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्धाहरु दर्ता हुने गरेका छन् । गएको वर्षमात्र अदालतमा १ सय ६७ वटा सम्बन्ध विच्छेदका मुद्धाहरु दर्ता भएको बताईएको छ ।
वैदेशिक रोजगारी र कमउमेरमै विवाहगर्ने परिपाटीका कारण सम्बन्ध विच्छेदका मुद्धा दर्ता गराउनेहरुमा १४ वर्ष देखी ५३ वर्ष उमेर समुहका महिलाहरु रहेका छन् । अदालतकाअनुसार गएको आर्थिक वर्षमा दण्ड जरिवानामार्फत ६६ लाख ९७ हजार १ सय ९८ रुपैंया असुल गर्नुपर्नेमा २० लाख रकम असुल गरिसकेको र ४६ लाख रकम असुल गर्न बाँकी रहेको बताईएको छ ।













प्रतिक्रिया