१० मंसिर २०८३, बिहिबार

एमाले नेताहरु चढेको गाडी बागलुङमा दुर्घटना, पार्टीको कार्यक्रम स्थगित

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २५ भदौ । नेकपा एमालेका नेताहरु चढेको गाडीलाई विपरित दिशाबाट आउदै गरेको जीपले आइतवार मध्यान्ह ठक्कर दिदा एमाले नेता कृष्ण पाठक र जीपमा सवार एक युवती घाइते भएका छन् ।

बागलुङ बजारबाट जैमिनी नगरपालिका वडा नं. २ दमेकमा आयोजित पार्टीको वडा भेलामा सहभागी हुन जाने क्रममा नेकपा एमालेका नेताहरु चढेको गाडीलाई  कुश्मिसेराबाट आउदै गरेको जीपले ठक्कर दिदा नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक घाइते हुनु भएको हो ।

यस्तै ठक्कर दिने जीपमा सवार जैमिनी नगरपालिका ७ की २७ वर्षीया बिमला सुवेदी पनि घाइते हुनु भएको छ । घाइते पाठक र सुवेदीको धौलागिरि अञ्चल अस्पतालमा उपचार भैरहेको छ । पाठकको दायाँ तर्फको निधारमा चोट लागेको र ३ वटा टाँका लगाइएको  र अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले जनाएका छन् ।

जैमिनी नगरपालिका वडा नं. १ साविक कुश्मीसेरा २ टुनीबोटमा कुश्मिसेराबाट स्पिडमा आउदै गरेको जीपले एक्कासी ठक्कर दिदा पाठक सहित एमालेका अन्य नेताहरु समेत सामान्य घाइते भएका छन् ।  पाठकसंगै गाडीमा संगै रहेका एमाले प्रदेश नंं. ४ संगठन कमिटिका सदस्य श्रीप्रसाद शर्मालाई हातमा र एमाले केन्द्रीय उर्र्जा तथा जलस्रोत  विभागका सदस्य हिराबहादुर केसीलाई घुडामा सामान्य चोट लागेको छ ।

त्यस्तै जिल्ला सदस्य इन्द्रबहादुर थापा र गाडीका चालक टिकादत्त उपाध्यायलाई  पनि सामान्य चोट लागको छ ।

पार्टी कार्यक्रममा सहभागी हुन दमेकतर्फ जादै गरेका एमाले नेताहरु चढेको बा ६ च ८२१७ नम्बरको ल्याण्डक्रुजर गाडीलाई कुश्मीसेराबाट आउदै गरेको ध १ ज ५११ नम्बरको जीपले एक्कासी ठक्कर दिदा पाठक सामान्य घाइते हुनु भएको हो ।

कुश्मिसेराबाट स्पिडमा जादै गरेको जीपले टुनीबोटमा एमाले नेताहरु चढेको गाडीलाई ठक्कर दिएको प्रहरी चौकी कुश्मिसेराका प्रहरी सहायक निरिक्षक देवराज बाँनियाले जानकारी दिनुभयो ।

नेताहरु चढेको गाडी दुर्घटनामा परेपछि नेकपा एमाले जैमिनी नगरपालिका वडा नंं. २ को भेला स्थगित भएको छ ।