१० मंसिर २०८३, बिहिबार

चुनावको मुखमा भारतीय नागरिक पेस्तोलसहित किन आए वीरगञ्ज ?

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, २५ भदौ । चुनावको मुखैमा वीरगन्जमा एक भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन् ।

वीरगञ्जको रामटोलमा मोटरसाइकल चेकजाँचका क्रममा भारतीय नागरिक महमद सम्शेर हतियारसहित पक्राउ परेका हुन् । उनको साथबाट एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । शनिबार राति १० बजे उनी प्रहरी फन्दामा परेका हुन् ।

भारत बिहारको रक्सौल नगरपञ्चायत मौजे टोला घर भएका महमद सम्शेर बिआर २२ एम ३६६३ नम्बर मोटरसाइकलमा यात्रा गरिरहेका थिए ।

प्रहरीका अनुसार, शम्शेर आपराधिक घटनामा संलग्न व्यक्ति हुन् । उनीहरुको समूहले २०६८ साल असार १४ गते वीरगन्ज माइस्थानस्थित अलंकार ज्वेलर्स भन्ने गहनापसलमा लुट्ने प्रयास गरेका थिए । सो मुद्दामा जेल परेका उनी डेढ बर्ष अगाडिमात्रै कारागारबाट बाहिरिएका हुन् ।

चुनावको बीचमा भारतीय नागरिकलाई हतियारसहित पक्राउ पर्नुलाई स्थानीय प्रहरीले गम्भीरताका रुपमा लिएको छ । उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।