१ कार्तिक २०८३, आइतबार

बेलायत जनसम्पर्क समितिको सह–महामन्त्रीमा घिमिरेको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । बेलायतमा रहेका नेपालीहरूको संगठन नेपाली जनसम्पर्क समिति बेलायतको सेप्टेम्बर १७ अर्थात असोज १ गते हुन लागेको अधिवेशनमा महलाल घिमिरेले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बेलायतमा नेपाली जनसम्पर्क समितिमार्फत निरन्तर सामाजिक काममा क्रियाशील घिमिरेले नेपाल र प्रवासी नेपालीबीच सुमधुर विकास गर्न तथा संगठनलाई मजबुत बनाउन उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

स्वदेशमा रहेका बेला नेपाल विद्यार्थी संघमा रहेर राजनीति गरेको अनुभव रहेको घिमिरेले बताए ।

लामो समयदेखि जनसम्पर्क समिति विभाजित रहेको र समयमै अभिवेशन समेत नभएको अवस्थामा घिमिरेले प्रवासी नेपालीहरूलाई एउटै संगठनमा गोलबद्ध गराउनु आफ्नो प्रमुख उद्देश्य रहेको उनले बताए ।